छठका अवसरमा सोमबार पनि सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

सरकारले छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै सोमबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

यसअघि छठ पर्वका अवसरमा २९ कात्तिक आइतबार सार्वजनिक बिदा घोषणा गरिएको थियो ।

छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले सोमबार पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *