सुनको भाउ स्थिर, चाँदीको बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ आज स्थिर छ ।

आज सुन हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने  पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *