सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो  दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सो सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *