मातातीर्थमा कार्तिक ४ गते हुने चंगा चैट प्रतियोगिता भाग लिने कि ? विजेतालाई २० हजार पुरस्कार
थानकोट ।
बडा दशैंका अवसरमा चन्द्रागिरि नगरपालिकामा चंगा उडाउने प्रतियोगिता हुने भएको छ ।
चन्द्रागिरि एकीकृत समाजको आयोजनामा हुने सो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका ०६ स्थित मातातीर्थ फुटबल मैदानमा सञ्चालन हुने बताइएको छ ।
दोश्रो पटक हुन लागेको सो चंगा चैट प्रतियोगिताका विजेताले २० हजार पुरस्कार पाउने बताइएको छ । यसैगरी दोश्रो हुनेले १० हजार तथा तेस्रो हुनेले ५ हजार रूपैयाँ पुरस्कार पाउने आयोजक चन्द्रागिरि एकीकृत समाजले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कार्तिक २ गतेभित्र नाम दर्ता गर्नु पर्ने बताइएको छ ।
चन्द्रागिरि एकीकृत समाजले गत वर्ष पनि चंगा चैट प्रतियोगिता आयोजना गरेको थियो । जहाँ ४० जनाले सहभागिता जनाएका थिए ।















Entry fee pani xa hjr