नगर क्षेत्रका खम्बामा माकुराको जालो जसरी तार टाँगिएपछि चन्द्रागिरि नगरले निकाल्यो सूचना
थानकोट ।
नगर क्षेत्रका खम्बामा माकुराको जालो जसरी तार टाँगिएपछि चन्द्रागिरि नगरपालिकाले सरोकारवालाहरूसँग समन्वयात्मक बैठक बोलाएको छ ।
बुधबार नगरबाट जारी सूचनामा नगर क्षेत्रमा विभिन्न प्रयोजनको लागि खम्बामा टाँगिएका अनावश्यक केबलतार तथा डिभाईसहरूले नगरको साैन्दर्यतामा ह्रास आएको तथा ती लत्रिएका तारहरूबाट जनधनको क्षति हुने सम्भावना बढेको भन्दै सो सम्बन्धमा समन्वयात्मक बैठक डाकिएको बताइएको छ ।
सो बैठक १९ गते शुक्रबार दिउँसो ३ बजेका लागि डाकिएको र बैठक नगरपालिकाको बैठक कक्षमा बस्ने चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।











