सिमसिमे पानीमा भिज्दै बलम्बुमा जय नेपालको नारा गुन्जियो
थानकोट ।
स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम बढिरहेको छ । चन्द्रागिरि नगरमा शनिबार झिसमिसेबाट जारी मतगणना जारी छ । पछिल्लो पटक चन्द्रागिरि नगरका १, २ र ३ वडाका मतपरिणाम सार्वजनिक भएका छन् भने चन्द्रागिरि ४ र ५ को मतगणना जारी छ । हालसम्म सार्वजनिक चन्द्रागिरि नगरका ३ वडाका मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले १ तथा नेपाली काँग्रेसले २ वडामा नेतृत्व पाएको छ।
पछिल्लो विवरण अनुसार चन्द्रागिरि ३ मा नेपाली काँग्रेसका दुर्गालाल महर्जनले प्यानल सहित जित हात पारेका छन् । मतपत्रका विषयमा केही विवाद हुँदा उनी विजय भएको घोषणा हुन विलम्ब भएको थियो । महर्जनको जित घोषणा भएसँगै नेपाली काँग्रेसका समर्थकहरू अहिले नगरपालिकाको कार्यालय अघिल्तिर विजय उत्सव मनाइरहेका छन् ।












