चन्द्रागिरि अन्तर वडा कप फुटबलः पहिलो चरणको अन्तिम खेलमा आज वडा नंं ६ र ९ बीच खेल हुने

Thankot Times

थानकोट ।

प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगिताको चाैथो दिन आज सोमबार पहिलो चरणको अन्तिम एक खेल हुँदैछ ।

चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिको आयोजनामा चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा जारी प्रतियोगिता अन्तर्गत सोमबार पुल डी मा रहेका चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थान र चन्द्रागिरि नगरपालिका वडा नंं ९ बीचको खेलको विजेता चुनिएसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण समेत पूरा हुनेछ ।

चन्द्रागिरि अन्तर वडा कप फुटबलः तेस्रो दिनका २ खेलमा १३ गोल, चन्द्रागिरि वडा नं. ४ र ५ अन्तिम ८ मा

खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।  यो खेलको विजेताले सेमीफाइनल प्रवेशका लागि सिधै दोश्रो चरणमा छनोट भएको चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलको मंसिर १३ गते सामना गर्नेछ ।

चन्द्रागिरि नगरका १५ मध्ये १४ टोलीको सहभागिता रहेको प्रतियोगितामा आ-आफ्नो प्रतिस्पर्धीविरूद्ध जित हात पार्दै चन्द्रागिरि ३ थानकोट, चन्द्रागरि ४ थानकोट, चन्द्रागिरि ५ महादेवस्थान किसिपिडी, चन्द्रागिरि ८ मातातीर्थ, चन्द्रागिरि १५ तीनथाना अन्तिम ८ मा प्रवेश गरेका छन् भने चन्द्रागिरि वडा नं. १० र १३ ले सिधै दोश्रो चरण खेल्ने माैका पाएका छन् ।

प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *