लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठ दम्पतीको मृत्यु
थानकोट ।
ललितपुरको महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान श्रीमतीको नै मृत्यु भएको छ ।
बुधबार राति नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी-८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।













