मकवानपुरमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

Thankot Times

थानकोट ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मकवानपुरगढीको सुकौराबाट कान्तिलोकपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर धवाडीपुलबाट करिब १२ मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी २ कुर्लेपाखाका ३५ वर्षीय भीमबहादुर स्याङ्तान, उनको ३४ वर्षीया श्रीमती रुपा स्याङ्तान र करिब ४/५ महिनाकी छोरी रहेका छन्।

रुपा र बालिकाको घटनास्थलमै मृत्यु भएको हो भने भीमबहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *