एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
थानकोट ।
नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आज बस्दैछ ।
महासचिव घनश्याम भुसालले बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।
भुसालका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने छ ।
पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।
सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
उनका अनुसार बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिनेछ ।














