नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर बुद्धिजीवी संगठनको अध्यक्षमा रमण जोशी
थानकोट ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको शुभेच्छुक संस्था नेपाल बुद्धिजीवी संगठन चन्द्रागिरि नगर अध्यक्षमा रमण जोशी चयन भएका छन् ।
सोमबार सम्पन्न संगठनको प्रथम नगर सम्मेलनले जोशीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर कमिटिले जनाएको छ । सम्मेलनले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।
संगठनको उपाध्यक्षमा दुर्गा प्रसाद पण्डित र प्रचण्ड श्रेष्ठ, सचिवमा रमेश कुमार ढुङ्गेल, कोषाध्यक्षमा सरला पाठक, सह-सचिवमा शिशिर कुमार महर्जन चयन भएका छन् । यसैगरी नेपाल बुद्धिजीवी संगठन चन्द्रागिरि नगर सदस्यमा क्रमशः डिल्लीराम तिवारी, पर्शुराम पोखरेल, भुवन अधिकारी, आनन्द महर्जन, रामकाजी थापा, योगेन्द्र महर्जन, दिपंकर श्रेष्ठ र रामराज लम्साल समेटिएका छन् ।
संगठनको सल्लाहकार समितिमा मुकुन्द प्रसाद घिमिरे, चन्द्र बहादुर गोपाली, विष्णु रेग्मी, चन्द्रराज अधिकारी तथा कृष्ण प्रसाद श्रेष्ठ चयन भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चन्द्रागिरि नगर कमिटि अध्यक्ष देवकृष्ण महर्जनले जानकारी दिए ।














