काठमाडाैंमा आज बिहान यो वर्षको सबैभन्दा कम तापक्रम मापन
थानकोट ।
काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।
आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ ।
वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।













