काठमाडाैंको सुन्धारामा तिव्र गति हुँइकिएको माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते
थानकोट ।
सुन्धारास्थित काठमाडौं मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।
बुधबार साँझ करिब साढे ६ बजे बौद्ध जोरपाटी रुटमा गुड्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा १ ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने उनीहरूको परिचय खुलिसकेको छैन । अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा ५ ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ ।
माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













