मणिपालबाट हराएका बिरामीले सेतीमा हाम फालेको अनुमान, खोज्न आज फेवा ड्याम खोलिने

Thankot Times

थानकोट ।

पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामीलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता छन् ।

ज्वरोसम्बन्धी उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । मणिपालको इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधी लिन गएका बेला अस्पतालबाट हराएका थिए ।

खोजतलासका क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुन सक्ने अनुमान गरेको छ । त्यसैका आधारमा उनलाई खोज्न सेती नदीको ड्याम खोल्न लागिएको हो ।

प्रहरीले उनको खोजीका लागि ड्याम खोल्नुपर्ने भएकाले ड्यामभन्दा तलका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

प्रहरीले बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *