चन्द्रागिरि ७ मा एमालेको अग्रता

Thankot Times


थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि  ७, ८ र ९ काे मतगणना जारी छ । चन्द्रागिरि ७ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार यो वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३२९ मत पाएका छन् भने नेपाली काँग्रेसका उम्मेदवारले २६४ मत पाएका छन् ।

२०१९ मत खसेको चन्द्रागिरि ७ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *