चन्द्रागिरि नगरमा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि

Thankot Times

थानकोट।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा देशभरबाट ४१ हजार ८ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ । कार्त्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकी कार्यालयबाट मंसिरमा ५ सय ८८ संख्यामा घरजग्गा कारोबार भएको छ । यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन् ।

मंसीर महिनामा घरजग्गा कारोबारबाट संकलन हुने राजश्व भने उल्लेखनीय वृद्धि हुन सकेन । मंसिरमा देशभरका मालपोत कार्यालयबाट २ अर्ब ८६ करोड रूपैयाँ राजश्व संकलन भएको छ । जुन कार्तिकको तुलनामा ७० हजारले बढी हो । कार्त्तिकमा घरजग्गा कारोबारबाट सरकारलाई २ अर्ब १६ करोड रूपैयाँ राजश्व संकलन भएको थियो ।

मंसिरमा लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा धेरै राजस्व संकलन भएको छ । मंसिरमा लगनखेल मालपोत कार्यालयबाट २८ करोड ११ लाख  २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, डिल्लीबजार मालपोत कार्यालयबाट १८ करोड १० लाख ३५ हजार रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट १७ करोड ८७ लाख २९ हजार रुपैयाँ र कलंकीबाट १६ करोड ७६ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *