नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज शनिबार काठमाडौंमा हुँदैछ ।

सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्मेलनको सभापति शेरबहादुर देउवाले बिहान साढे ८ बजे उद्घाटन गर्नेछन् ।

सम्मेलनमा विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, बागमती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापतिको सहभागिता रहने पार्टीका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिने बताइएको छ ।

कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *