नेकपा एसबाट यी दुई जनाले पाए राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टिकट

Thankot Times

थानकोट । 

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ ।

सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार एसले दुई सिटमा भाग पाएकाे छ । 

आफूले पाएकाे दुई सिटमध्ये एसले  बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनाेनयन दर्ताको कार्य जारी । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *