चन्द्रागिरि ८ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनको जित

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ ।

चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरका वडा नं. १ देखी ९ को मतगणना सकिँदा वडा नं. १० र ११ को मतगणना जारी रहेको बताइएको छ ।

नगरमा सबैभन्दा धेरै  मतदाता भएको वडा नंं १२ को मतगणना केही बेरमा सुरू हुनेछ ।

प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि ८ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले जित हासिल गरेको बताइएको छ ।

२९०० मत खसेको चन्द्रागिरि ८ मा लोकतान्त्रिक बाम गठबन्धनको नेतृत्व नेपाली काँग्रेसका प्रह्लाद रिजालले गरेका थिए ।

यस वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको थियो । चन्द्रागिरि ८ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *