यस्तै, स्थानीय तहतर्फका २ सय ३७ मतदाता रहेको यस प्रदेशमा सत्ता गठबन्धनदलकै मतभार बढी छ। निर्वाचन आयोगले प्रदेश सभा सांसदको ५३ मतभार र स्थानीय तहका जनप्रतिनिधिको १९ मतभार कायम गरेको छ।
अंकगणित अनुसार सत्ता बाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन्। बागमती प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरूको कुल मतभार २ हजार ३८८ मात्रै हुन आउँछ । प्रदेश सभातर्फ कुल ११० सांसदको ५ हजार ८३० छन्।
यस्तै स्थानीय तहको संख्या ११९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २३८ रहेकोमा दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयघातका कारण मृत्यु भएको थियो। जसका कारण एक मतदाता संख्या कम छ।
यसरी बागमती प्रदेशको कुल मतदाता २३७ छन्। मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५०३ मतभार रहेको छ।
जसमा स्थानीय तहतर्फ गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका १०७ (गौरीशंखर गाउँपालिका उपाध्यक्षको मृत्यु भएको), माओवादी केन्द्रका ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन्। सत्ता गठबन्धनमा आवद्ध १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ। यसबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका ६०, र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जनप्रतिनिधि छन्। जसमा प्रतिपक्षी दलहरुको १ हजार २१६ मतभार हुन आउँछ । यसरी बागमती प्रदेशको १ सय १९ स्थानीय तहको कुल मतभार ४ हजार ५०३ रहेको छ।
प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ मतभार गरेर यहाँ कुल मतभार १० हजार ३३३ हुनेछ। बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। सत्ता गठबन्धनको साझा उम्मेदवारलको पल्लाभारी हुनेमा दुईमत छैन। गठबन्धनका तीन पार्टीसँग मात्रै ६ हजार ७७० मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ।














