मन्त्रिपरिषद् पुनर्गठन हुने बित्तिकै तामाङ समुदायबाट मन्त्री बनाउँछुः प्रधानमन्त्री दाहाल

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पुनर्गठन हुने मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने घोषणा गरेका छन्।

सोनाम ल्होसारको अवसरमा काठमाडौं आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन कुनैपनि हालतमा हुने र त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने बताएका हुन्।

‘आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘पुनर्गठन त हुन्छ नै । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु। तपाईं लाखौं जनसमुदायको अगाडि मैले यो कमिटमेन्ट गरेको छु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *