नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरू हुँदैछ ।

नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरू हुनेछ । अधिवेसन बिहान ११ बजे देखी बोलाइएको छ ।

जम्बो केन्द्रिय समिति निर्माण गरेको माओवादीले विधान अधिवेसनबाट १ सय ९९ सदस्सीय केन्द्रिय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिएको थियो ।

जसअनुसार आजबाट सुरू हुने विधान अधिवेसनमा १ सय ९९ सदस्यीय केन्द्रिय समितिको प्रस्ताव हुन लागेको हो ।

गत आइतबार र सोमबार सम्पन्न केन्द्रिय कमिटीको बैठकमा केही समयअघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समिक्षा गरेको थियो । सो अभियानले माओवादीलाइ थप बलियो बनाएको जनाउँदै केन्द्रिय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाइ घाटा भएको जनाउँदै पुनर्बिचार गर्नु पर्नेमा जोड गरेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डको सो प्रस्तावका बारेमा पनि विधान सम्मेलनमा समीक्षा हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *