चन्द्रागिरि १२ को मतगणना जारी, मेयरमा रूख अघि वडाध्यक्षमा सूर्य
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।
चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहेको छ । ३५५३ मत खसेको चन्द्रागिरि १२ मा नेकपा एमालेले अग्रता जारी राखेको छ । पछिल्लो विवरण अनुसार यस वडाको २७०० मत गणना भएको छ ।
चन्द्रागिरि १२ बलम्बुको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ८५० मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले ९३९ मत पाएका छन् । मेयर पदमा रूख चिन्हमा ९७९ तथा सूर्य चिन्हमा९०१ मत परेको छ ।












