चन्द्रागिरि १२ मा एमालेको वडाध्यक्ष सहित ३ सदस्य पदमा जित
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।
चन्द्रागिरि नगरका वडा नं. १ देखी १३ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १४ र १५ को मत गणना जारी रहेको छ । केही बेर अघि सम्पन्न ३५५३ मत खसेको चन्द्रागिरि १२ मा नेकपा एमालेले ३ सदस्य सहित वडाध्यक्षमा बाजी मारेको छ ।












