नेकपा-एस चन्द्रागिरि नगर कमिटि संयोजकमा प्रदिप रिजाल, सचिवमा लक्ष्मी बहादुर महर्जन
थानकोट ।
नेकपा एकीकृत समाजवादी चन्द्रागिरि नगर कमिटि संयोजकको जिम्मेवारी मातातिर्थका प्रदिप रिजालले पाएका छन् ।
सो पार्टीको सोमबार बसेको काठमाडाैं जिल्ला कमिटिको पूर्ण बैठकले रिजाललाई चन्द्रागिरि नगर कमिटिको संयोजक तोकेको हो । बैठकले चन्द्रागिरि नगर कमिटि सचिवको जिम्मेवारी थानकोट चेकपोष्टका लक्ष्मीबहादुर महर्जनलाई दिएको छ ।
बैठकले अशोक थापालाई काठमाडाैं क्षेत्र नं. १० को सचिवको जिम्मेवारी दिएको नेकपा एकीकृत समाजवादीको काठमाडाैं क्षेत्र नं. १० का संयोजक भाइकृष्ण बलामीले जानकारी दिए ।











