नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक भोलि शुक्रबार बस्ने

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक शुक्रबार (असोज २३) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा पार्टीको महाधिवेशन र दुई महिना सञ्चालन गर्ने जनअभियानका विषयमा छलफल हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । “एउटा महाधिवेशनसम्बन्धी, अर्को दुई महिने संगठन सुदृढीकरण अभियानका बारेमा छलफल गर्ने तय भएको छ,” प्रवक्ता ज्वालाले भने ।

नेकपाले कात्तिकदेखि जनअभियान सुरु गर्ने जनाएको छ । प्रवक्ता ज्वालाले भने, “भोलि बस्ने बैठकले कार्यदिशा तय गरेपछि कात्तिक र मंसिर दुई महिना अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ