राष्ट्रिय सभा अध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ सांसद् नारायण दाहाल निर्वाचित
थानकोट ।
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेश गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
उक्त प्रस्तावलाई मत विभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको थियो ।











