साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक, फिफाको प्रतिबन्धका कारण नेपाललाई समावेश गरिएन

Thankot Times

थानकोट ।

साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ हिजो सार्वजनिक भएको छ । त्यसमा नेपाल समावेश छैन ।

नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ । तर प्रतियोगिता शुरु हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ ।

भुटानको थिम्पुमा आयोजित कार्यक्रममा सार्वजनिक ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयोजक बङ्गलादेशसहित श्रीलंका र भुटान रहेका छन् ।

यदि प्रतियोगिता शुरु हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह ‘ए’ मा पर्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

प्रतियोगिता आउँदो नोभेम्बर ४ देखि १७ तारिखसम्म बङगलादेशको ढाकामा हुनेछ ।

समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *