बजेट भाषण आज, कर्मचारीको तलब नबढ्ने, ७० वर्ष पुगेकालाई मात्रै वृद्ध भत्ता
थानकोट ।
आज मुलुकको ७३औँ बजेट सार्वजनिक हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसद् मा बजेट भाषण गर्नेछन् ।
अर्थमन्त्रीले बजेट प्रस्तुत गरिसकेपछि संयुक्त बैठक स्थगित हुनेछ।
यो पटक बजेटमा स्रोत सुनिश्चितता नभएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाबले गर्दा १९ खर्बको हाराहारीमा बजेट ल्याउने सरकारको योजना छ।
नेपालमा विसं २००८ सालदेखि वार्षिक बजेट प्रस्तुत गर्ने व्यवस्थाको थालनी भएको हो। नेपालमा बजेट प्रस्तुत गर्ने चलन प्रजातान्त्रिक व्यवस्थाको शुरुवातसँगै भएको हो। २००८ साल माघ २१ गते नेपालमा संवैधानिक व्यवस्थाअनुसार प्रथम बजेट पेश भएको थियो।
यसपटक सरकारले कर्मचारीको तलब नबढाउने भएको छ। यस्तै बजेटबाट सरकारले वृद्धभत्ता पाउने उमेरलाई फेरि ७० बनाउने तयारी गरेको छ।













