प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहणमा समारोहमा प्रधानमन्त्री दाहाल भाग लिने
थानकोट ।
भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् ।
५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।
प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् ।
प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुन मन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मोदीले निर्वाचनको परिणाम पछि प्रधानमन्त्री दाहालसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए ।










