बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै सरकार, टुंगो लाग्यो दुवै दलले लिने मन्त्रालय

Thankot Times

थानकोट ।

१३ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको छ ।

प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।

सहमतिअनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ ।

नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय विकास मन्त्रालय लिनेछ ।

मन्त्रालय टुंगो लागेपनि मन्त्री बन्न आकांक्षा राख्नेहरूको संख्या धेरै भएकोले मन्त्रीको नाम यकिन नभइसकेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *