बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगो लाग्यो

Thankot Times

थानकोट।

नेपाली काँग्रेसको नेतृत्वमा बन्ने बागमती प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेले ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

नेकपा एमालेले बागमती प्रदेश सभा सदस्यहरू काठमाडाैंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो ।

बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् ।

गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गर्नेछन् ।

मुख्यमन्त्री र मन्त्रीहरू आजै नियुक्त भए पनि शपथ भने बुधबारका लागि तय गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *