पेरिस ओलम्पिक- लगातार तेस्रो हारसँगै प्रिन्सको ओलम्पिक यात्रा सकियो

Thankot Times

थानकोट।

जारी पेरिस ओलम्पिकमा नेपालका  ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले लगातार तेस्रो खेलमा हार बेहोरेका छन् ।

बुधबार पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भएका हुन् ।

पहिलो सेटमा १२-२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा १०-२१ ले हार बेहोरेका थिए ।

यसअघि प्रिन्स पहिलो खेलमा डेनमार्कका भिक्टर एक्सल्सनसँग २-० को सोझो सेटमा र दोस्रो खेलमा आयरल्यान्डका हात गुएनसँग पनि २-० को सोझो सेटमा पराजित भएका थिए ।

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए।

पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगीताबाट बाहिरिसकेका छन् । 

अब नेपालबाट एथलेट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ ।

सन्तोषीले  म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

म्याराथन दौड अगस्त ११ मा हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *