कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
थानकोट ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन्।
नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिवार नै मुख्मयन्त्री कँडेलले प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकेका छन् ।
उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाए ।
४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४ र एमालेका १० सांसद रहेका छन् ।
त्यस्तै, माओवादी केन्द्रका १३ तथा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रको एक-एक प्रदेश सभा सांसद रहेका छन् ।










