परराष्ट्र मन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

Thankot Times

थानकोट ।

भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गरेकी छन् ।

राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग शनिबार साँझ भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।

यस अघि राणाले आजै आफ्ना समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

आइतबार नयाँ दिल्ली पुगेकी राणा आफ्नो पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *