दुर्घटनामा परि घाइते भएका सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु

Thankot Times

थानकोट ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको छ।

सोमबार सवारी दुर्घटनामा परेका उनको उपचारको क्रममा मंगलबार बिहान २ बजे नेपालगञ्जमा मृत्यु भएको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए।

उपाध्यक्ष सवार कर्णाली प्रदेश-२-००१ ख १०११ नम्बरको हायस माइक्रो सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा दुर्घटनामा परेको थियो।

दुर्घटनामा उनीसहित १४ जना घाइते भएका थिए।

उनीहरूको अवस्था सामान्य रहेको एसपी खड्काले बताए।

मृतक कार्की नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई उपाध्यक्ष निर्वाचित भएका थिए।

उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामाका श्रीमान हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *