बागमती प्रदेशसभाको बैठक असोज ६ मा बस्ने

Thankot Times

थानकोट ।

 बागमती प्रदेशसभाको बैठक ६ असोजका लागि आह्वान गरिएको छ ।

बैठक असोज ६ गते आइतबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत १६ साउनमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो । 

समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *