आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Thankot Times

थानकोट ।

आज बुधबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ ।

बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *