बागमती प्रदेश सभाकाे बैठक आज, यस्ता छन् सम्भावित कार्यसूचि

Thankot Times

थानकोट ।
बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।
प्रदेश सभा सचिवालयका अनुसार चौथो अधिवेशनको ३६औँ बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकहरुको प्रतिवेदन प्रस्तुत गर्नै कार्यसूची रहेको छ ।

सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’, ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ र उद्योग, पर्यटन तथा वातावरण समितिबाट पारित भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल हुने  छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *