साफ यु-१७ च्याम्पियनसीपः नेपालको पहिलो जित, नेपालको सेमीफाइनल सम्भावना जीवितै
थानकोट ।
साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित हात पारेको छ ।
समुह बी अन्तर्गत सोमबार सम्पन्न खेलमा श्रीलंकामाथि नेपाल ४-० को सहज जित निकाल्न सफल भएको हो ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा जारी खेलमा नेपालका लागि सुजन डंगोलले ह्याट्रिक गरे ।
यस अघि शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो ।
जित सँगै नेपालको २ खेलबाट ३ अंक भएको छ । पहिलो खेल जितेका भुटान र पाकिस्तानको समेत समान ३-३ अंक छ ।
प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि अब नेपालले भुटानको चुनाैती पन्छाउनुपर्नेछ ।
समुह बी मै रहेका भुटान र पाकिस्तानबीच आज साँझ खेल हुनेछ ।














