आईसीसी वरियतामा नेपाल एक स्थान तल झर्यो

Thankot Times

थानकोट ।

आईसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीको नयाँ वरियतामा एकदिवसीय क्रिकेटमा लगातार हार बेहोरेको नेपाल १७औ स्थानमा पुगेको हो ।

यस अघि नेपाल १६औँ स्थानमा रहेको थियो ।

त्यस्तै पछिल्ला खेलहरुमा जित हासिल गरेको क्यानडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ ।

त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडी १६औँ स्थानमा रहेको छ ।

त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औँ स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औँ स्थानमा पुगेको छ ।

त्यस्तै एकदिवसीय क्रिकेटको शिर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *