सरकारले बोलायो सर्वदलीय बैठक
थानकोट ।
सरकारले सर्वदलीय बैठक बोलाएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षापछि आएको बाढी पहिरो विपत पछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न आज अपरान्ह १ बजे सिंहदरबारमा बस्ने गरि सर्वदलीय बैठक बोलाएका हुन् ।
विगत तीन दिनदेखि परेको अविरल बर्षाका कारण राजधानी काठमाडौंसँग मोफसलको सडक सम्पर्क टुटेको छ भने अहिलेसम्म बाढी पहिरोमा परि एक सय जना भन्दा बढीको मृत्यु भएको छ, सयाैं जना घाइते भएका छन भने दर्जनाैं व्यक्ति बेपत्ता छन् ।










