थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा कुनै अवरोध छैन्- प्रहरी चाैकी चित्लाङ
थानकोट ।
प्रहरी चाैकी चित्लाङले थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा कुनै अवरोध नभएको जानकारी दिएको छ ।
लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएसँगै आइतबार साँझबाट सो सडक सुचारु भएको थियो ।
काठमाडाैंबाट हेटाैंडा जोड्ने अन्य सडक मार्गहरू अवरुद्ध भइरहँदा थानकोट-चित्लाङ सडक हुँदै साना सवारी साधनहरू चित्लाङतर्फ अघि बढिरहेका छन् ।
तस्बिरः प्रकाश गोपाली













