नेपाल पत्रकार महासंघका तीनै तहको निर्वाचन मंसिर २८ मा गर्ने निर्णय

Thankot Times

थानकोट ।

नेपाल पत्रकार महासङ्घको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

शनिबार राति अबेर सकिएको भेलाले सो निर्णय गरेको हो ।

भेलाले सर्वसहमत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसहमतलाई पनि स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

यदि सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको १-१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्वसहमतबाट विवाद टुङ्गो लगाउने निर्णय समेत भेलाले गरेको छ ।

सदस्यताको विषय कात्तिक मसान्तसम्म टुङ्गो लगाउने र टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *