कीर्तिपुर लगायतका स्थानीय तहमा हुने उपनिर्वाचनका निम्ति २५ दल दर्ता

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका लगायतका स्थानीय तहमा हुने उपनिर्वाचनका निम्ति २५ दल दर्ता गरिएका छन् ।

निर्वाचन आयोगले आइतबार दल दर्ताको निर्णय गरेको हो ।

उपनिर्वाचन प्रयोजनका निम्ति यही असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको थियो ।

उक्त अवधिमा २६ दल दर्ताको निवेदन दिइएको थियो ।

निवेदनमाथि अध्ययन गरी कानुनी रीत पूरा भएका २५ दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ ।

स्थानीय तहमा रिक्त स्थान परिपूर्तिका निम्ति आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ मा उमेवारी दर्ता गरिने कार्यतालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *