कीर्तिपुरसहितका स्थानीय तहमा हुने उपनिर्वाचनका लागि आयोगले सरकारसँग माग्यो १० करोड

Thankot Times

थानकोट ।

मंसिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग १० करोड रकम माग गरेको छ ।

उपनिर्वाचनका लागि करिब १० करोड माग गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

“१० करोड हाराहारी माग गरिएको छ । अर्थ मन्त्रालयबाट रकम भने प्राप्त भइसकेको छैन,” उनले भने ।

मंसिर १६ गते हुने स्थानीय तहमा रिक्त प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

मंसिर २ गते उमेदवारी दर्ता गरिने आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *