रास्वपाको जिल्ला भेला भोलिदेखि, एक महिनाभित्र सबै जिल्ला भेला सक्ने तयारी

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि कार्तिक १ गते बिहीबारबाट जिल्ला भेला सुरु गर्ने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो।

सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक सन्तोष परियारलाई तोकिएको छ।

‘भोलि सुर्खेतमा जिल्ला भेला हुँदैछ । त्यसपछि कहाँ कहिले गर्ने तालिका बनाउँदै छौं,’ सहप्रवक्ता प्रतिभा रावलले भनिन्।

एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी गरेको छ ।

रास्वपाले २०८२ को अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको छ । त्यस अनुसारको कार्यतालिका कार्यवाहक महामन्त्री बुर्लाकोटीले राष्ट्रिय भेलामा प्रस्तुत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *