टी-२० आई सिरिजः टस जितेर नेपाल अमेरिका विरुद्ध ब्याटिङ गर्दै, कुशलको अर्धशतक
थानकोट ।
अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।
तीन खेलको सिरिज जित्ने लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपाल आजको खेल जितेर एक खेल अगाडि नै उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छ ।
तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो।
ताजा अवस्थामा १७ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा १३४ रन बनाएको छ ।
नेपालका लागि अनिल शाहले २५ रन बनाउँदा गुल्शन झा ले १९ तथा कप्तान रोहित पाैडेलले १८ रनको योगदान दिए । क्रिजमा कुशल भुर्तेल ६७ रनमा खेलिरहेका छन् । उनलाई दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् ।











