हङकङ सुपर-६ः नेपाली टोलीको कप्तानी सन्दीप जोराले गर्ने

Thankot Times

थानकोट ।

आगामी कात्तिक १६ देखि १८ गतेसम्म हङकङमा हुने हङकङ सुपर-६ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

सात सदस्यीय नेपाली टोलीको कप्तानी सन्दीप जोराले गर्ने भएका छन्।

टोलीमा सन्दीपसँगै लोकेश बम (विकेटकिपर), नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दिपेन्द्र रावत र राशिद खान छन्।

नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

नेपालले प्रतियोगितामा इंग्ल्यान्डसँग कात्तिक १६ मा र अस्ट्रेलियासँग कात्तिक १७ मा खेल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *