कंकाली माविलाई नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा २ लाख रुपैयाँ सहयोग
थानकोट ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चन्द्रागिरि नगरपालिका-१३ मा रहेको कंकाली माध्यमिक विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।
बैंकको कलंकी शाखाले सो विद्यालयमा स्मार्ट बोर्ड जडान गर्न उक्त रकम हस्तान्तरण गराएको विद्यालयले जनाएको छ ।
कंकाली माध्यमिक विद्यालयमा साधारण र प्राविधिक धारमा कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ ।












